|
बार्सिलोना – नेपालबाट पोर्चुगल आउँन लागेका दुई नेपालीहरुलाई टर्कीको अध्यागमन विभागले नेपाल फिर्ता पठाएको छ। पोर्चुगलको रेसिडेन्सी कार्ड पाईसकेका नेपालीहरुलाई पनि,कार्डमा खोट लगाउँदै अध्यागमन बिभागले नेपाल फिर्ता पठाएको हो। ति नेपालीहरु काठमाडौ देखि, इस्तानबुल हुँदै लिस्बन आउँन लागेका थिए। तर कार्डमा के खोट लगायो वा कागजात मिलेन भन्ने बारे भने केहि खुलाईएको छैन।
मंगलबार बेल्जियमको जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थलमा नै बिष्फोट पछि,युरोपभर बिमानस्थलमा चेकजाँच कडा पारेको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भीम केसी कमलले, दुई नेपालीहरुलाई बिमानस्थलबाट नै फर्काई दिएको बारे आँफूलाई जानकारी प्राप्त भएको समाजिक संजालबाट जनाएका छन्। सामाजिक कारणले, ति नेपालीहरुको नाम भने खुलाईएको छैन।

|
0 comments:
Post a Comment