दोश्रो विश्वयुद्ध : जहा ६ बर्षमा ७ करोड ३० लाख मान्छे मारिएका थिए (विभत्स फोटोफिचर ) - See more at:

विश्वयुद्ध अर्थात नरसंहारको दर्दनाक कुरुक्षेत्र । युद्ध भन्नेवित्तिकै डर आतंकको अर्को नाम पनि । विश्वमा २ पटक विश्वयुद्ध भए । करौडौ मानिसहरुले ज्यान गुमाए । तर पनि रगतको प्यासले तिर्खाएका प्यासीहरु अझै पनि युद्ध चाहान्छन । र त तेश्रो विश्वयुद्धको चर्चा छ । त्यसैले जानौ दोश्रो विश्वयुद्धमा के भएको थियो । विश्व अमेरिकी लेखक अर्नेस्ट हैमिंग्वेले भनेका थिए कि ‘यो दुनिया अति सुन्दर छ, अनि यसको लागि युद्ध पनि जरुरी छ ।’ शायद सबै संसार यस्तै कथाको भरोशा गर्छन् । द्वितीय विश्व युद्ध यसै दुनियाको ऐना हो जहाँ लाख हैन करोडले ज्यान गुमाउनु पर्यो । को राम्रो को नराम्रो सबै जना विश्वयुद्धको भुमरीमा पर्नु पर्यो । १ सेप्तेम्बर , १९३९ मा जर्मन तानाशाह एडोल्फ हिटलरले पोल्याण्डमा हमला गर्दै विश्वयुद्धको घोषणा गरेका थिए । फलस्वरूप विश्व युद्धको सुरुवात भएको थियो । यो कार्यमा उनको साथ इटाली, जापान, हंगरी, रोमानिया र बुल्गेरियाले दिएका थिए । जसको बिरुद्धमा अमेरिका, सोवियत यूनियन, ब्रिटेन, चीन, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, बेल्जियम, पोलेण्ड, यूगोस्लाभीया, ब्राजील, ग्रीस, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे, दक्षिण अफ्रीका, मेक्सिको, चेकोस्लोवाकिया र मंगोलियाका सेना खडा थिए । ६ बर्षसम्म लगातार चलेको यो युद्धमा दुवै तर्फका २ करोड ४० लाख जना मात्र सैनिकहरु मारिएका थिए । जुन युद्धमा परि ४ करोड़ ९० लाख सर्वसाधारणले मृत्यु बरण गरेका थिए । अमेरिका र सहयोगी देशमा मात्र दोश्रो विश्वयुद्धमा ६ करोड़ दस लाख र जर्मनीतर्फ एक करोड २० लाख मानिस मारिएका थिए । १९३९ बाट सुरु भएको महायुद्धको अन्त्य मे 1945 मा भयो । तर एशियामा यो विश्वयुद्धको अन्त्य सेप्टम्बरमा मात्र भएको मानिएको छ । अमेरिकाले ६ र ९ अगस्‍ट 1945 मा जापानको दुई सहर हिरोशिमा र नागासाकी मा परमाणु बम हानेको थियो । १५ अगस्‍ट 1945 मा जापानको शासक हिरोहितोले रेडियोमार्फत देशको नाममा सम्बोधन गर्दै युद्धबाट आत्मसमर्पण गर्ने घोषणा गरे । लगतै २ सेप्टेम्बर, 1945 मा जापानले अमेरिका सामु आत्मसमर्पण गर्यो । विश्वयुद्दको केहि विभत्स झलकहरु : 2
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment