महाधिवेशको मुखमा कांग्रेसका नेतालाई भारतीयको गोप्य सन्देशः नेपाल हिन्दू राष्ट्र नबनाए अर्को विपत्ती - See more at:

काठमाडौं, २४ फागुन । २०७२ फागुन २० गतेबाट सुरु भएको कांग्रेसको १३ औं महाधिवेशनले गर्ने नेतृत्व चयनमा भारतको समर्थन कसलाई होला ? महाधिवेशनभरि यसको चर्चा चल्यो, तर ठोस जवाफ कसैले दिन सकेन । विगत महाधिवेशनमा कांग्रेसका दुवै गुटलाई विदेशी शक्तिहरुले खर्चवर्च समेत दिएको चर्चा चलेकाले यसपटक कसले समर्थन र खर्चवर्च पाउँछ भनेर कांग्रेसी कार्यकर्ताहरुले निकै चनाखो भएर ध्यान दिएका थिए । तर, कसले समर्थन पायो भन्ने ठोस भेउ कसैले पाउन सकेन । - 1350px-Flag_of_India.svg

1350px-Flag_of_India.svgभारतीय कूटनीति, रणनीति नियालिरहेकाहरु भन्छन् – जसले जित्छ, उसैलाई भारतले समर्थन दिन्छ, किनभने जसले जिते पनि भारतको लागि हानी छैन ।’ यस्ता जानकारहरुको अर्को दावी के छ भने भारतको रुचि पार्टीमा भन्दा संसदीय दलमा धेरै छ । संसदीय दलको नेता को बन्छ उसैले सरकारमा नियन्त्रण राख्ने भएकाले भारतीय चासो यताभन्दा उता धेरै हुने बताइएको छ ।
महाधिवेशन मौका पारेर भारतीय नेताहरु पनि नेपाल आए । उनीहरुले महाधिवेशनलाई शुभकामना दिँदा आफ्नो लाइन जारी गरेनन्, कांग्रेस यो बाटोमा लाग्नुपर्छ पनि भनेनन् । तर, खासगरी भारतमा सत्तासीन हिन्दूवादी भारतीय जनता पार्टीका नेताहरुले कांग्रेस नेताहरुलाई अनौपचारिक कुराकानीमा प्रष्टैसँग भनिदिए – नेपाल हिन्दूराष्ट्र हुनुपर्छ ।’ उच्च जानकार स्रोतका अनुसार भारतीय नेताहरुले यतिमात्रै भनेनन्, हिन्दू राष्ट्र नबनेसम्म मधेस आन्दोलन चर्किरहने र नाकाबन्दी पूरा नखुल्ने बताएको साँघु साप्ताहिमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment