यौनसम्पर्क गर्न नमान्दा झ्यालबाट खसालेर युवतीको हत्या ! - See more at

काठमाडौं, ११ चैत । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा यौन सम्पर्क गर्न नमान्दा युवतीको हत्या हुने गरेको खबर सार्वजनिक भइरहेका छन् ।
युवायुवतीमा बढ्दो मादक पदार्थ सेवन नै युवती हत्याको कारण बन्न पुगेको सार्वजनिक प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । यसैक्रममा एक महिना अघि भक्तपुरको नगरकोटमा मृत अवस्थामा भेटिएकी भेनिशा लिम्बुको हत्या पनि मादक पदार्थ र यौन सम्पर्कको विषय छोडिन आएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी महानगरीय प्रहरी अपराध महाशाखाले २० वर्षीया लिम्बुको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ । सोही घटनामा संलग्न एक जना अझै फरार रहेका प्रहरीले जनाएको छ ।
धनकुटा घर भई काठमाडौंको कपनमा बस्दै लिम्बुको हत्यामा सम्लग्न भएको आरोपमा काठमाडौं बौद्धका शनि लामा, सजित लामा र मोरङ पथरी घर भई हाल थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए।
लिम्बुको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो। यसको एक महिनापछि आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । आरोपी तीनमध्ये दुई जना भारतबाट पक्राउ परेका बताई छ ।
गएको फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र लिम्बूबीच भेट भएको थियो । त्यसपछि राजनले लिम्बूलाई फोनबाट बोलाएर लाजिम्पाटस्थित साथीको अपार्टमेन्टमा लगेका थिए। अपार्टमेन्टमा राजन र लिम्बू पुग्दा शनि, सजित र अर्का एक जना पनि कोठामा थिए। त्यसपछि उनीहरुले सामूहिक रुपमा मादक पदार्थ सेवन गरेको खुल्न आएको छ।
मादक पदार्थ सेवनले लठ्ठ भएपछि सहमतिमा लिम्बुले राजनसँग यौनसम्पर्क गरेकी र त्यसपछि अरु साथीले पनि यौन सम्पर्क गर्न खोज्दा नमानेपछि लिम्बुको हत्या भएको प्रहरीको दावी छ । बाथरुममा युवती र युवकबीच धकेलाधकेलको हुँदा लिम्बु झ्यालबाट खस्न पुगेको बताइएको छ । लिम्बुको मृत्यु भएपछि सोही दिन उनीहरुले युवतीको शव भक्तपुरमा लगेर राति १ बजेतिर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
।  यता मृतकका आफन्तले भने लिम्बूलाई झ्यालबाट खसालेर मारेको दाबी गरेका छन्।
- See more at: http://medianp.com/2016/03/82257.html#sthash.fGlqRbhQ.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment