बलात्कार पछि १५ वर्षीया किशोरीको आगो लगाएर हत्या

,काठमाडौं, २६ फागुन । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाएको भोलिपल्ट बुधबार एक किशोरीको बलात्कार पछि आगो लगाएर हत्या गरिएको खबर प्राप्त भएको छ ।
भारतको मध्य प्रदेशकी ति १५ वर्षीया किशोरीको आफ्नै घरमा बलात्कार भएको र त्यसपछि उनीमाथि आगो लगाइएको थियो । भारतीय एक अनलाईन पत्रिकाका अनुसार बलात्कारपछि आगो लगाएर घाइते बनाइएकी ती किशोरीको उपचारका क्रममा अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ ।
गएको सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए । सो घटनामा संलग्न भएको आशंकामा एक १९ वर्षीय युवकलाई पक्राउ गरिएको र ती किशोरी माथि सामूहिक बलात्कार भएको हुन सक्ने अनुमान गर्दै अन्य व्यक्तिको खाजी र अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाइ छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment