|
ताप्लेजुङ, २५ फागुन । ताप्लेजुङमा टुक्राएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । ताप्लेजुङ नगरपालिका–६ का बलबहादुर लिम्बुको आलुबारीमा माटोले पुरेको अवस्थामा फेला ती नवजात शिशुको शव टुक्रिएकाले लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बूले उक्त नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको राससले जनाएको छ ।
|
0 comments:
Post a Comment