आज देखि विश्वकप क्रिकेट सुरु हुँदै

काठमाडौं, २५ फागुन । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट मंगलबारदेखि भारतमा सुरु हुँदैछ ।
प्रतियोगितमा आइसिसीका १० स्थायी सदस्य राष्ट्र तथा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका ६ राष्ट्र गरी १६ टिमको सहभागिता रहने छ ।
प्रतियोगिता अन्तर्गत मंगलबारदेखि पहिलो चरणको खेल हुनेछ । पहिलो चरणमा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका स्कटल्याण्ड, आइरल्याण्ड, हङकङ, नेदरल्याण्ड, अफगानिस्ता र ओमन तथा आइसिसीका दुई पूर्ण सदस्य बंगलादेश र जिम्बाबेले खेल्नेछन् ।
दुई समूहमा विभिजन गरिएका यी टोली मध्ये समूहको शीर्ष स्थानमा रहने दुई टिम दोस्रो चरण अर्थात सुपर टेनमा प्रवेश गर्ने छन् । पहिलो चरणको समूह ‘ए’ मा बंगलादेश, नेदरल्याण्ड, आइरल्याण्ड र ओमन तथा समूह ‘बी’ मा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र अफगानिस्तान छन् ।
यी दुई समुहका विजेताले सुपर टेनमा आयोजक भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका तथा वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर टेनको समूह ‘ए’ मा पहिलो चरणको समूह ‘बी’ को विजेता राष्ट्र, श्रीलंका, दक्षिण अफ्रिका, वेष्टइन्डिज र इंग्ल्याण्ड छन् ।
यस्तै समूह ‘बी’ मा पहिलो चरणको समूह ‘ए’ को विजेता राष्ट्र, भारत, पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्याण्ड छन् । प्रतियोगितका खेल भारतका विभिन्न ८ शहरमा हुनेछन् । पहिलो चरण अन्तर्गत मंगलबार नागपुरमा हङकङ र जिम्बाबे तथा अफगानिस्तान र स्कटल्याण्डबिच खेल हुनेछ ।
दोस्रो चरणका खेल आउँदो चैत दुई गतेदेखि सुरु हुनेछ । प्रतियोगिता चैत २१ गते सकिने छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment