|
काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति र नेपाल चीन सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धको पारस्परिक हैसियतमा चुनौतीका रुपमा हेरेका छन् ।
चीनसँगको निकटना र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भातरसँगको सम्बन्धकै मूल्यमा हुने उनीहरुको टिप्पणी छ । ‘नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेको पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउनेछ । अब नेपालले चीनको तियान्जिन समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्न सक्नेछ ।
यद्यपि, हालसम्म नेपालको तेस्रो देशसँग ९८ प्रतिशत व्यापार भारतमार्फत हुने गरेको छ,’ भारतीय पत्रकार सुधार रामाचन्द्रन एसिया टाइम्स अनलाइनमा प्रकाशित आफ्नो लेखमा भन्छिन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार ।
|
0 comments:
Post a Comment