बस दुर्घटना हुँदा सहचालकको मृत्यु

तनहुँ, २५ फागुन । तनहुँमा बस दुर्घटना हुँदा सोही बसका सहचालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
मृतक सहचालकको परिचय खुलिसकेको छैन भने घाइतेहरु बन्दिपुर १ डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ५३८३ नम्बरको बस अनियन्त्रित भई मंगलबार बन्दिपुर ४ याम्पाफाँटमा दुर्घटना हुँदा सो हताहती भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा लिइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment