भक्तपुरमा नवजात शिशु मृत फेला

काठमाडौं, १६ चैत । भक्तपुरको लिङ्गेश्वर नगरपालिका ५ बालकोटमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
लिङ्गेश्वर नगरपालिका ५ बालकोट स्थित नालामा मंगलबार नवजात शिशुको शव हात र दुबै खुट्टा जनावरले खाएको जस्तो देखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त ठिमीबाट प्रहरी टोली खटी गई घटनास्थल लाशजाँच मुचुल्का समेतको कार्य पुरा गरी लाश पोष्टमार्टमको लागि टिचिङ्ग अस्पताल पठाइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment