फेरी आयो अर्को दुखद घटना ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भेनाजु पक्राउ

सल्यान, सल्यानमा एक बालिकाको बलात्कारपछि हत्या भएको थाहा भएको छ । एक साता अघि कालागाउँ गाविस–८ झारकाडाकी ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बालिकाको भिनाजु नाता पर्ने २२ वर्षका एक पुरुष पक्राउ परेका छन् । बालिकाको रगत बगेको र घाँटीमा निलडाम देखिएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खड्काले बताउनुभयो । उहाँका अनुसार बालिकाको शव स्थानीय बासिन्दाले आइतबार फेला पारेर प्रहरीलाई खबर गरेपछि घटनाको बारेमा थाहा भएको हो ।
कालागाउँमा ससुराली गएका ती पुरुषले घरमा कोही नभएको बेला बालिकालाई घर नजिकै लगेर बलात्कारपछि हत्या गरेको प्रहरीले बताएको छ ।
स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । बलात्कारका आरोपितलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । रासस
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment