|
काठमाडौं, ९ चैत्र । चलचित्र निर्देशक आकाश अधिकारीको रेड स्टुडियोमा यो वर्षको होली रंगीन बनेर आयो । नेपाली सिने क्षेत्रका चर्चित अनुहारहरु आकाशको स्टुडियो परिसरमा रंगीन पुगे । नायिका रेखा थापा तथा निर्देशक अधिकारीले सयुक्त रुपमा आयोजना गरेको उक्त होली कार्यक्रममा रंगपत्रकारका साथमा पछिल्लो समय नेपाली सिनेमामा लागेका अनुहारको बाहुल्यता रह्यो । तथापि नायिका रेखा थापा, झरना थापा, सञ्चिता लुईंटेललगायतका केहि कलाकारले अलि अघिका कलाकारको प्रतिनिधित्व गरेका थिए ।
आकाशको स्टुडियो परिसरिमा रंगपत्रकारदेखि रंगकलाकारसम्मले खुलेर होली मनाएको दृष्य देख्न सकिन्छ । आकाश अधिकारीले आयोजना गरेको उक्त होली कार्यक्रममा नायिका रेखा थापाले खुलेर नृत्य गरेकी छिन् । उनले नृत्य मात्रै होईन रंगसँगै पानी पनि खेलेकी छन् ।
|
0 comments:
Post a Comment