सगरमाथा चीनको भूगोलमा देखाएको भन्दै गुगलको विरोध

सुनसरी, १२ चैत । सर्वाेच्च शिखर सगरमाथा नेपालमा रहेको तथ्यलाई प्रभावित पार्ने गरी सूचना राखेको भन्दै विश्व चर्चित सर्च इन्जिन गुगल विरुद्ध सुनसरीको इटहरीमा विरोध प्रदर्शन भएको छ ।
सगरमाथा नेपालमा भएको तथ्यलाई बङ्ग्याएर चीनको भूगोलमा देखाएको भन्दै शुक्रबार इटहरीमा गुगलको विरुद्ध प्रदर्शन भएको हो । गुगल विरुद्ध निकालिएको र्यालीमा सहभागी जिल्लामा क्रियाशील राजनीतिक दलका नेता, पत्रकार, व्यवसायी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले सगरमाथा सम्बन्धि भ्रमपूर्ण सूचना सच्याउन माग गरेका छन् ।
नेपाल र चीनबीचको सम्बन्धमा असर पार्न गुगलले यस्तो भ्रमपूर्ण सूचना राखेको आशंका गरेका उनीहरुले गुगलका कार्यकारी निदेर्शक भारतीय नागरिक सुन्दर पिचाई रहेकै कारणले नेपालको बदनाम गराउन खोजेको हुन सक्ने बताएका छन् ।
यस विषयमा नेपाल सरकारले तत्काल आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न पनि माग गरेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment