|
काठमाडौं, १३ चैत । सम्पत्ति विवरण नबुझाएका कारण व्यवस्थापिका संसद्का ३७ सांसद् कारबाहीमा पर्दै छन् ।
पदमा रहेको २८ महिनासम्म पनि विवरण नबुझाएका ती सांसद्लाई अख्तियार दुरुपयोग आयोगले जनही पाँच हजारका दरले जरिवाना गर्न लागेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ ।
संसद् सचिवालय स्रोतका अनुसार कुल पाँच सय ९७ सांसदमध्ये पाँच सय ३२ सांसद्ले मात्रै तोकिएको समयमा सम्पत्ति विवरण बुझाएका थिए ।
१५ जनाले समय गुज्रेपछि विवरण बुझाएर तोकिएकै समयमा बुझाएको रेकर्डका लागि सर्तकता केन्द्रलाई २० मंसिर ०७२ मा पत्राचार गराउन लगाएका छन् । ३७ सांसद्ले भने अटेर गरेको संसद् सचिवालयले जनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
|
0 comments:
Post a Comment