अमेरिकी संसदमा गोली चल्यो

काटमाठौं, १६ चैत ।अमेरिकी संसद भवनमा गोली चलेको छ । वासिंगटन डीसीस्थित अमेरिकी संसद भवनको अतिथि केन्द्रमा एक व्यक्तिमाथि गोली प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गोली चलेको दिन सोमबार ईस्टरको विदा भएकाले संसद भने चलेको थिएन । तर, संसद नचलेको दिनमा भएको सो गोली प्रहारबाट एक एक सुरक्षाकर्मी घाइते भएको तथा गोली प्रहार गर्ने व्यक्ति पनि प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
सांसदहरु अहिले आफ्नो चुनावी क्षेत्रमा रहेका बेला भएको गोली काण्ड लगत्तै व्हाइट हाउसको सुरक्षा पनि केहीबेरमै कडा बनाइएको थियो ।
घटना लगत्तै सशस्त्र पुलिसले गोली चलेको क्षेत्रलाई नियन्त्रणमा लिएको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment