जनयुद्धमा १७ हजार सहिद भएका नेपालीको अपमान गर्दै नयाँ शक्तिमा खोले पछि यसरी खनिए तीन माओवादी बाबुराममाथि - See more at:

काठमाडौं– माओवादी घटक दलहरू जुट्नुपर्ने बेलामा बाबुराम भट्टराईले एमाओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेकामा उनका पूर्वसहकर्मी नेताहरूले आलोचना गरेका छन् । माओवादी पार्टीमात्रै त्याग नगरी माक्र्सवाद त्यागेको भन्दै सशस्त्र जनयुद्धका बेला आफन्त मारिएका जनलाई जबाफ दिन उनीहरूले भट्टराईमाथि दबाब दिएका छन् ।उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका एमाओवादी सचिव टोपबहादुर रायमाझी, नेकपा क्रान्तिकारी माओवादीकी प्रवक्ता पम्फा भुसाल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले भट्टराईको पछिल्लो राजनीतिक गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मतभेद हुँदा रायमाझी भट्टराईसँग नजिक थिए भने सशस्त्र जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालमा भट्टराई अध्यक्ष हुँदा भुसाल महासचिव थिइन् । त्यसैगरी सशस्त्र संघर्ष हुँदा माओवादीबाट बाहिरिनुअघि थापा भट्टराई नजिक थिए । नयाँ शक्ति नेपालको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले भने भट्टराईको बचाउ गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment