|
यसैबीचमा मतदानस्थलमा रहेका गुप्तचरले सभापतिमा रामचन्द्र पौडेललाई पछि पार्दै शेरबहादुर देउवा विजय हुने गोप्य रिपोर्ट गृहमन्त्रालयलाई बुझाएको छ ।
सभापतिको रेसबाट बाहिरिएका कृष्ण सिटौलाले देउवालाई समर्थन गरेसँगै उनले १८ सयको हाराहारीमा मत ल्याउने गुप्तचरको अनुमान छ ।
त्यस्तै पौडेलले पहिलो चरणभन्दा करिब दुई सय बढी अर्थात १३ सय मत ल्याउनेसमेत गुप्तचरले बुझाएको गोप्य रिपोर्टमा उल्लेख छ ।
गृहमन्त्रालय स्रोतले काठमाण्डु टुडेलाई दिएको जानकारीअनुसार सिटौलाले देउवालाई समर्थन गरेता पनि उनलाई पहिलो चरणमा भोट हाल्ने मतदातामध्ये दुई सयको हाराहारीमा पौडेललाई भोट हाल्नेछन् भने बाँकी भोट देउवाकै पोल्टामा जानेछ ।
आइतबार पहिलो चरणको निर्वाचनमा देउवा स्पष्ट बहुमत ल्याउनबाट ११ मतले चुकेका थिए । उनको पौडेल भन्दा ४१२ मत बढी थियो ।
|
0 comments:
Post a Comment