भारतीय दुतावासमा डिनर गरेर निस्के लगत्तै किन भने यादवले बैशाखबाट आन्दोलन निश्चित भनेर ? - See more at:

काठमाडौ, १२ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको १० बुँदे सम्झौतामा कुनै नयाँ विषय नभएको दावी गरेका छन् ।राजधानीमा आयोजीत साक्षात्कारमा उनले भने,‘सम्झौतामा नयाँ केही छैन । यो सन् २००९ मै अघि बढीसकेका कुराहरु हुन । ठूला कुरा पाईयो भन्ने केही छैन । कुनै डंका पिटाउनु पर्दैन । जलस्रोत, सञ्चार, यातायात, मानव संसाधानको विकास र तत्कालिन आवश्यकतामा केही गर्न प्रधानमन्त्रीले सकेनन ।’yadav
साक्षात्कारमा अध्यक्ष यादवले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भएपनि ओली नेतृत्व सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएको दावी गर्दै माग्नेको भाँडो नै सानो भएको टिप्पणी गरे । उनले चीन सधै सम्बन्ध राम्रो रहिआएको नेपालको निकटतम छिमेकी मुलुक भएकोमा अझै राम्रो हुनु पर्ने धारणा राख्दै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको खुबीले त्यस्तो नभएको दावी गरे ।
अध्यक्ष यादवले भने,‘अहिले भएको धेरै कुरा नेपाल र चीनले पहिला नै प्रस्ताव गरेका कुराहरु छन । चीन नेपाललाई धेरै सहयोग गर्न चाहन्छ । तर यो सरकार कुटनीतिक रुपमा असफल रहेकोले धेरै ठाँउमा चुकेको छ ।’उनले प्रधानमन्त्री ओलीले नेपालको भुराजनीतिलाई नबुझेसम्म मुलुक आगाडि बढ्न नसक्ने भन्दै नेपाल, भारत र चीनवीच सम्बन्ध राम्रो रहँदै आए पनि कहिले काही नजानेर द्धिविधाले समस्या आउने गरेको दावी गरे । उनले भने,‘ ओली नेतृत्वको सरकार छिमेकीहरुसँग सुमधुर सम्बन्ध राखेर जान असफल भएको छ ।’
मुलुकको समस्या समाधानकोलागि सरकारसँग चैत महिनासम्मको मात्रै समय भएको भन्दै यादवले यो महिनामा पनि समस्या समाधान नभए आन्दोलन निश्चित रहेको बताए । उनले भने,‘तराई, पहाड, हिमाल मिलेर अब शान्तिपूर्ण, अहिंसात्मक संयूक्त जनआन्दोलन हुन्छ । नेपाली जनता अब अधिकार विहीन भएर महंगी, भ्रंष्टाचार र कालाबजारी सहेर बस्दैन । जनता विद्रोहमा जान्छ । सरकारसँग चैत महिना भरिको अवसर छ तर मलाई लाग्दैन यो सरकारले समयमको सदुपयोग गर्ला ।’
अध्यक्ष यादवले बर्तमान सरकार काम नलाग्ने भएकोले आफै परिवर्तन हुने दावी गरेपनि आफूहरुलाई भने सरकारको विषयमा कुनै सरोकार नभएको स्पष्ट पारे । संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको अभियान चलाउने उपप्रधानमन्त्री कमल थापासँग संविधान, लोकतन्त्र र विधीको शासनको पक्षमा बोल्ने हैसियत नभएको भन्दै उनले संघीयता, लोकतान्त्रिक गणतन्त्रको नेतृत्व कुनै पनि हालतमा गर्न नसक्ने ठोकुवा गरे ।
उनले भने,‘संविधानको सपथ खाएका मन्त्रीहरु संविधानको विरोधमा बोलिरहेका छन । यो सरकारले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको धारातल कमजोर पार्न लागेको छ भन्ने आशंका उत्पन्न हुन थालेको छ ।’
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment