|
काठमाडौं, ११ चैत । बेलायतका राजकुमार ह्यारीले बुधबार साँझ नेपालस्थित बेलायती राजदूतावासमा आयोजित रात्रिभोजमा सम्बोधन गर्दै अझै ६ दिन नेपाल बस्ने बताएका छन् ।
आफ्नो औपचारिक भ्रमणको क्रममा भेटेका नेपालीबाट आफू अत्यन्तै प्रभावित भएको र छाडेर जान अप्ठ्यारो भएको उनको भनाइ छ । ६ चैतदेखि औपचारिक भ्रमणमा रहेको ह्यारी पोखरा, लमजुङ तथा बर्दियाको भ्रमण गरेर मंगलबार काठमाडौं फर्किएका थिए ।
उनले काठमाडौं, भक्तपुर, उपत्यकाबाहिर भव्य स्वागत र सम्मान पाएका थिए । निजी तवरमा थप ६ दिन नेपाल बस्ने र मध्यनेपालको दुर्गम गाउँका विद्यालय निर्माणमा सरिक हुने उनको घोषणा रहेको नयाँ पत्रिका दैनिकमा समाचार
छ ।
|
0 comments:
Post a Comment