|
काठमाडौं, १२ चैत । धर्मका कारण समाजमा द्वन्द्व र अन्तरदेशिय युद्धको खतरा भइरहेका बेला भाइचराका लागि भन्दै क्रिश्चियन धर्म गुरु पोप फ्रान्सिसले हिन्दू सहित अन्य धर्मका व्यक्तिहरुको खुट्टा धोएर चुमेका छन् ।
हालै बेल्जियमको ब्रसेल्समा भएको आतंकवादी आक्रमण पछि मुस्लिम विरोध भावना बढ्ने आशंका व्यक्त गर्दै उनले सबै धर्मावलम्बीहरु एकै इश्वरको सन्तान भएको विचार सार्वजनिक गरेर अलग धर्ममा आस्था राख्ने शरणार्थीहरुको खुट्टा धोएर चुमेका अलजजीराले जनाएको छ ।

‘इस्टर विक मास’ का अवसरमा आयोजित कार्यक्रममा उनले रोम बाहिर कासेलनोभो डि पोटरेस्थित शरणार्थी शिविरमा उनले हिन्दू, मुस्लिम, हिन्दु, क्याथोलिक धर्म मान्दै आएका शरणार्थीहरुको खुट्टा धुँदै खुट्टा पनि चुमेका हुन् ।
उनले हत्या हिंसालाई कुनै पनि धर्ममा जायज मान्न नसकिने बताउँदै हतियार उद्योगको बजार प्रवर्द्र्धन गर्ने रणनीतिका रुपमा मानिसलाई हिंसातर्फ भड्काउन थालिएको आरोप पनि लगाएका छन् ।
|
0 comments:
Post a Comment