आज ग्याल्पो ल्होसार मनाईंदै

काठमाडौं, २६ फागुन । देशभरका शेर्पा समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ग्याल्पो ल्होसारमा घर र गुम्बामा लामा, मुखियालाई भेला गराइ पूजा, नाचगान, भोज आयोजना गरी मनाइने गरिन्छ । यस पर्वमा घर–घरमा स्वस्तिक तथा चन्द्र–सूर्यको चित्र कोरी शुभकामना आदानप्रदान गर्ने, मान्यजनसंग आशीर्वाद लिने प्रचलन रहेको छ ।
यसैबीच राष्ट्रपति बिद्यादवी भण्डारी ल्होसारको अवसरमा शेर्पा जातिको महान् पर्व नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् ।
विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न शुभकामना दिइएको छ ।
यस्तै पराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली आदिवासी शेर्पाको चाड ग्याल्पो ल्होसार–२०७२ का अवसरमा यस समुदायका सबैप्रति सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिँदै यो पर्वले सम्पूर्ण शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्याओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment