भ्रमणमा निस्केको बस पल्टिँदा २१ कृषक घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दमकबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख १७९९ नम्बरको मिनिबस भरतपुर उपमहानगरपालिका–२ आँपटारीमा बिहान ३ः४० बजे दुर्घटना हुँदा बसमा सवार उनीहरु घाइते भएका हुन् ।
घाइतेमध्ये १० जनाको भरतपुर अस्पतालमा र ११ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ । दमकस्थित नवजागरण कृषक समूहका कृषक भ्रमणका लागि आएको बस दुर्घटनामा परेको हो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment