अमेरिका र दक्षिण कोरियालाई खरानी बनाउने चेतावनी..

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि आणविक हमला गर्ने चेतावनी दिएको छ। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास शुर गर्न लाग्दा उत्तर कोरियाको यस्तो चेतावनी आएको हो।

हजारौ अमेरिकी जहाज र सेना गत हप्ता दक्षिण कोरिया आइसकेका छन्। अमेरिका र दक्षिण कोरियाको यो विशाल सैन्य अभ्यासमा अमेरिकाका १७ हजार सैनिक र दक्षिण कोरियाका  ३ लाख सैनिकले सहभागित जनाउन लागेका छन्।

गत महिनाले उत्तर कोरियाले मध्यम दुरीको रकेट प्रक्षेपण गर्दै एक स्याटेलाइट अन्तरिक्षमा पठाए लगतै दक्षिण कोरियाले यो सैन्य अभ्यास अहिले सम्मकै ठुलो हुने जनाएको थियो।



यही सैन्य अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले जारि विज्ञप्तीमा अमेरिकाका सम्पुर्ण सैन्य आधार र अमेरिकामा आणविक आक्रमण गर्ने चेतावनी दिएको हो। उत्तर कोरियाको नेशनल डिफेन्स कमिसनले यो विज्ञप्ती जारी गरेको हो।विज्ञप्तीमा एक बटल दबाएर एक क्षणमा दुश्मनहरुलाई खरानी बनाएर समुन्द्रमा पुर्याउने चेतावनी दिइएको छ। उत्तरको चेतावनीपछि प्रतिक्रिया दिँदै दक्षिण कोरियाले उत्तरले कोरियाले यस्तो व्यवहार रोक्नु पर्ने अन्यथा कठरो रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ।

उत्तर कोरियामा आणविक हतियार रहेको विश्वास त गरिन्छ तर अमेरिकामै प्रहार गर्न सक्ने क्षमता भएकोमा भने जानकारहरु आशंका व्यक्त गर्दछन । उत्तर कोरिया इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल र आणविक वारहेड निर्माणमा कति कति नजिक पुगेको हो रहस्यको विषय बनेको छ।

उत्तर कोरियाले यही वर्षको जनवरीमा मात्रै चौथो आणविक परिक्षण गरेको थियो। गत हप्तामात्रै संयुक्त राषट्रसंघले कडा प्रतिबन्ध पनि लगाइसकेको छ । सन २००६ यता उत्तर कोरयाले चार वटा आणविक परिक्षण गर्यो। सन २०१२ यता दुइवटा स्याटेलाइट प्रक्षेपण समेत गरिसकेको छ । यी स्याटेलाइट परिक्षणलाई लामा दुरी प्रहार गर्ने क्षमता राख्ने ब्यालेस्टिक मिसाइल बनाउने तयारीका रुपमा हेरिएको छ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment