|


एप्पलले आइफोन सेभेन प्लसका दुई फरक फरक फोन सार्वजनिक गर्ने तयारी गरिरहेको टेक प्रोटलले उल्लेख गरेको छ । दुईमध्ये एउटा सिङ्गल लेन्स क्यामरा र अर्को डुवल लेन्स क्यामेरा हुने जनाइएको छ । डवल लेन्स क्यामेरालाई आइफोन प्रो नाम दिइनेछ । आइफोन अहिले ४, ४.७ तथा ५.५ इञ्चमा उपलब्ध छ ।
आइफोनहरुमध्ये सबैभन्दा ठूलो फोन आइफोन ६एस प्लस हो । यो बाहेक एप्पलले कुनै आइफोनमा एमोलिड डिस्प्ले प्रयोग गरेको छैन । सामसङले भने ग्यालेक्सी एस सेभेनमा तथा अन्य महँगा डिभाइसमा एमोलिड डिस्प्ले प्रयोग गरेको छ ।
|
0 comments:
Post a Comment