‘स्वास्थ्यमन्त्रीजीको सरकारी निवासमा ड्रोन क्यामेरा झरेको खबर आएपछि म आफैं त्यहाँ पुगेँ’, गृहमन्त्री बस्नेतले भने, ‘शंकास्पद अवस्थामा मन्त्रीको निवासमै ड्रोन क्यामेरा झरेपछि अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको छु ।’

काठमाडौंः स्वास्थ्य मन्त्री रामजनम चौधरीको पुल्चोकस्थित सरकारी निवासमा मंगलबार साँझ ड्रोन क्यामेरा खसेको छ । 
 
मंगलबार साँझ ६ बजेको समयमा मन्त्री चौधरीको सरकारी निवास अगाडि ड्रोन क्यामेर झरेपछि त्यसलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको गृहमन्त्री शक्ति बस्नेतले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । 

सरकारी अनुमति लिएर मात्रै ड्रोन क्यामेराले फोटो खिच्नुपर्ने प्रावधान रहेका बेला मन्त्री निवासमै शंकास्पद अवस्था ड्रोन क्यामेरा झरेपछि ललितपुर प्रहरीले अनुसन्धान थालेको हो । 

‘स्वास्थ्यमन्त्रीजीको सरकारी निवासमा ड्रोन क्यामेरा झरेको खबर आएपछि म आफैं त्यहाँ पुगेँ’, गृहमन्त्री बस्नेतले भने, ‘शंकास्पद अवस्थामा मन्त्रीको निवासमै ड्रोन क्यामेरा झरेपछि अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको छु ।’

स्वास्थ्यमन्त्रीको सरकारी निवास परिसरमा झरेको ड्रोन क्यामेरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ललितपुर प्रहरी परिसरले जनाएको छ । 
 
ड्रोन क्यामेरामा रहेका तस्बिर तथा भिडियोबारेमा अनुसन्धान थाल्न आफूले निर्देशन दिइसकेको गृहमन्त्री बस्नेतले बताए । 
 
काठमाडौंस्थित संवेदनशील सरकारी निकायकै तस्बिर खिचिरहेको अवस्थामा यसअघि पनि ड्रोन क्यामेरा फेला पर्ने गरेका छन् । 

यसअघि नेपाली सेनाको भद्रकालीस्थित जंगीअड्डाको तस्बिर लिइरहेको अवस्थमा एउटा ड्रोन क्यामेरा बरामद भएको थियो । 
- See more at: http://annapurnapost.com/News.aspx/story/45888#sthash.D3IQm6cg.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment