फेसबुकबाट समयमा नै सतेच बनौ नत्र …

गजब छ फेसबुक दुनिया हरेक घटना थाहा पाउन र ठ्टयौलीको रुपमा लिनलाई ठीक छ तर प्रेम मायाको मामलामा ५ प्रतिशत सही र ९५ प्रतिशत गलत साबित भएको छ । त्यो कुरा हामीले देख्दै र भोग्दै आइरहेका छौ । एक हिसाबले फेसबुकलाई रमाइलो र दुख बिसाउने चौतारिको रुपमा देखिन्छ तर बास्तबमा फेसबुकले गर्दा नै कयौ घरबार बिहिन भएका छन् । कति ,हत्या, आत्महत्या र ठगीमा परेको देखिन्छ । नेहा पुन जसलाई निर्ममता साथ हत्या गरिएको थियो ।जसको आगो अझै निभेको छैन्,फेसबुकमा साथी बनाईन , दाई जस्तो मानेर बिस्वास गरिन नतिजा भयानक र निकै डर लाग्दो भयो । फेरी अर्को घटना फेसबुककै कारणले भेनिसा लिम्बु बर्ष २० कि सामुहिक बलात्कारको सिकार बनिन । कस्तो निर्दयि यो मान्छे,,, सन्सारमा अनेक थरि मान्छेको जन्म हुँदैछ । नत सोच्न सकिन्छ, नत हेर्न नै यस्ता अप्रिय र डरलाग्दा घटनाहरु पनि निम्त्याउदैछ फेसबुकले । साबधान हुनुपर्छ र जरुरी पनि छ ,फेसबुकमा अन्जान मान्छे साथी बन्छन , कतिपय बेला बनाउनु पनि पर्छ तर पुरै बिस्वास पनि गर्नु हुँदैन । जब सम्म यथार्थ थाहा हुँदैन (फेसबुकमा राम्रा मान्छेपनी भेटिन्छन तर चिन्नु सक्नुपर्छ ्र आधी बिस्वास आधी बिचार गर्नुस । कतिपय कुराहरु हामी आफैको कमी कमजोरिको कारणले हुन्छ । जसमा हामी कसैको आसु देख्न सक्दैनौ ,माया गर्छौ त्यो पनि थोरै होइन अनगिन्ती अनि बिस्वास गर्छौ आखा चिम्म गरेर्,्र मिठो बोलिको भरमा छिटो बिस्वास गर्छौ ।छिटो सपना देख्छौ । हामी नारी सोच्ने शक्ती हुँदाहुँदै पनि मतलब राख्दैनौ ्र यती सम्म बिस्वास गर्छौ कि घर बेचेर पैसा दिने ्रकसैले अलिकति दुख देखाउदैमा जिन्दगीको मिहिनेतको पुजी ,शरिरका गहना ,आदी इत्यादी तेती मात्रै कहाँ होर आमा बुवा सँग मागेर पनि ? (जाबो दुईदिन फेसबुकमा चिनेको भरमा,,,सचेत हौ जो कोहीले तपाई सँग फेसबुकमा परिचय गर्न नपाउदै आफ्नो दुख देखाएर पैसाको कुरा गर्छ वा म अमेरिका क्यानडा वा युरोप कन्ट्रीमा बस्छु भन्छ तर नेपालको कुनै एउटा कुना बाट बोलिरहेको हुन्छ । अहिलेसम्म फेसबुकको कारणले जुन घटना हरु हुँदैछ नम्बर (ठगी) देशमा राम्रो काम छैन बेरोजगारी नम्बर २ (प्रेम माया) जुन पुरै आखा चिम्म गरेर बिस्वास गरिन्छ नम्बर्३०बलत्कार )जुन अन्जान मान्छेलाई बिस्वास गरेर समयको मतलब नगरि भेट्घाट गर्ने गरिन्छ । यि याबत कुराहरुले नै निम्त्याउछ सोच्नै नसक्ने घटना ।जब समय बिस्वास र सोच्ने शक्तिले काम गर्न छोड्छ यि घटना हुन्छन पनि र दोहोरिरन्छ पनि । सबै मान्छे नराम्रा हुँदैनन र सबै मान्छे राम्रा पनि हुँदैनन । फेसबुकका कतिपय कुरा राम्रा पक्ष पनि छन जसमा आपतकालिन समयमा उद्दार ,गरीबि बेबस पिडितहरुको सहयोगको लागी मिडिया र कानुनको ढोका ढक्क ढक्किनु भन्दा छिटो ढक्ढकिने ठाउ पनि फेसबुक नै हो ।
नराम्रा पक्ष भने सोझा साजालाई पैसाको लागी ठग्ने । प्रेमको रुपमा झुटकपट गरी फसाउने निर्मम हत्या आत्महत्या सम्म पुराई घातक बनाउने ्रयस्ता भाइरस, किरा पनि फेसबुकमै हुन्छ्न । सचेत हौ बेलैमा र अरुलाई पनि सचेत बनाउ । - See more at: http://www.lightnepal.com/7809#sthash.ztKs1Vrn.dpuf12527902_966858190028442_2096748321_n
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment