|
इटहरीः विश्व चर्चित सर्च इन्जिन गुगलले सबोच्च शिखर सगरमाथा नेपालमा भएको तथ्यलाई बङ्ग्याएर चीनको भुगोलमा देखाएको विरोधमा सुनसरीको इटहरीमा विरोध भएको छ । सँचारकर्मी, राजनीतिकदल र विभिन्न सँघ सँस्थाका प्रतिनिधिले त्यसलाई तत्काल सच्याउन माग गरेका छन् । अन्नपूर्ण पोष्टले बिहीबार गुगल भन्छ:सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा ! शीर्षकको समाचार प्रकाशन गरेको थियो । 

शुक्रवार विहान गुगलको विरोध स्वरुप निकालिएको र्यालीले इटहरी उपमहानगरपालिका क्षेत्रको मुख्य मुख्य स्थानको परिक्रमा गरेको छ ।
गुगलका कार्यकारी निदेर्शक भारतीय नागरिक सुन्दर पिचाई रहेकै कारणले नेपालको बदनाम गराउन वा चीन र नेपालबीचको वर्षै देखिको असल छिमेकी बिचको सम्बन्धमा खलल पुर्याउन यस्ते गल्ती गेको भन्दै सञ्चारकर्मी एवम सचेत नागरिकहरुले इटहरीमा भेला भएर गुगवलको सो कदमका विरोध जनाएका हुन् ।
|
0 comments:
Post a Comment