हावाहुरी चलेपछि ७ जना प्याराग्लाईडर्स फेवा तालमा खसे

कास्की, १८ फागुन । प्याराग्लाईडिङमा भाग लिइरहेका ७ जना प्याराग्लाईडर्स मंगलबार फेवा तालमा खसेका छन् ।आइतबारदेखि पोखरामा जारी प्रि–वर्ल्डकप तथा खुल्ला नेपाल प्याराग्लाईडिङ्ग प्रतियोगितामा मंगलबार भाग लिएका ७ जना प्याराग्लाईडर्स फेवा तालमा खसेका छन् ।
प्याराग्लाईडिङ गर्ने क्रममा अचानक हावा हुरी चलेपछि उनीहरु फेवाताल र अर्मला जंगलमा खसेका हुन् । उनीहरुको अहिले उद्धार गरिसकेको र अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सात जना मध्ये एक जना भने अर्मलाको जंगलको रुखमा अड्केका थिए । उनीहरुको अवस्था सामान्य रहेकाले अस्पताल समेत जानु नपरेको प्रहरीको भनाइ छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment