संसद सचिवालयको मूल गेटमा भोटे ताला झुन्ड्याइएपछि

काठमाडौँ १६ फागुन । संसद सचिवालयको मूलगेटमा शनिबार ठूलो ताला झुन्ड्याइएको थियो । न कर्मचारीको आवतजावत, न त मर्यादापालको चहलपहल । सार्वजनिक विदाको दिन संसद सचिवालय नखुल्दा सिंहदरबार नै चकमन्न थियो । सभामुख ओनसरी घर्तीमगरले अबदेखि सार्वजनिक विदाको दिन सचिवालय नखोल्न निर्देशन दिएपछि शनिवार पहिलोपटक संसद सचिवालय बन्द गरिएको थियो ।
‘केही काम नभए पनि खानाभत्ताको लोभमा कर्मचारी सार्वजनिक बिदाको दिन आउने र सरकारी स्रोतको दुरुपयोग गर्न थालेपछि सभामुखले नखोल्न निर्देशन दिनुभएको हो, सभामुख निकट स्रोतले भन्यो ।’ सार्वजनिक बिदाका दिन संसद सचिवालयका कर्मचारीले ७ सय रुपैयाँ खाजाभत्ता पाउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment