देशको अस्तित्व बचाउने उपप्रधानमन्त्री थापाको यस्तो सुत्र

सल्यान, १६ फागुन । उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री कमल थापाले मुलुकको अस्तित्व बचाउन आर्थिक र भौतिक विकासमा जोड दिनु पर्ने बताएका छन् ।
यसका लागि सरकारले एक वर्षमा आधारभुत रुपमा लोडसेडिङ्ग हटाइने र दुई बर्षमा पूरै अन्त्य गर्ने मन्त्री थापाले जानकारी दिए । सल्यानमा आइतबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री उनले भारत र चीन जस्ता ठूला राष्ट्रको बीचमा रहेको नेपालले आफ्नो अस्तित्व बचाउन आर्थिक विकास गर्नुको विकल्प नरहेको भन्दै यसका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए ।
आर्थिक विकास गर्नका लागि ठूला योजना निर्माण कार्यलाई सरकारले पहिलो प्राथमिकतामा पारेको भन्दै आर्थिक विकासका लागि राजनीतिक दलहरु एक भएर अगाडी बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment