लिंगका कारण यौन सन्तुष्टीमा कमी आएको छ ? यि उपाय अपनाउनुस् र यौन आनन्द लिनुस्

sex seenमिडिया एनपी,काठमाडौँ । लिंग पुरुषको शरीरको अत्यन्तै संवेदनशिल तथा आवश्यक अंग हो भने महिलाको योनी । लिंग र योनीलाई सांकेतिक अंगबका रुपमा पनि हेर्ने गरिन्छ । पिसाब फेर्ने, शारीरिक सुख तथा सन्तान उत्पादन गर्ने अंगका कारण पनि यस्तो भएको हुनसक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग नै जोडिएको ठान्ने गर्छन् । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक फरक हुन सक्छ । अध्ययनअनुसार लिंगको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च अर्थात १५ दशमलव ८ सेन्टिमिटर हुने गर्दछन् । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च भएको पसिन पाइन्छ ।
कतिपय व्यक्तिले लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर चिन्ता गर्ने गर्छन् । केही व्यक्तिका भने लिंग साँच्चिकै सानो हुन सक्छ । लिंग बढाउनका लागि संसारमा अनेक उपायको प्रयोग गरिएको पाइन्छ । लिंगको कसरत तथा हातैले तन्काउने विधि, तौल वा यन्त्रको सहायताले तन्काउने विधि, पम्प प्रयोग गर्ने विधि तथा शल्य चिकित्सा हुन् । कुनै पनि विधि आफ्नो लागि छनौट गर्दा समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई केन्द्र बिन्दुमा राखेर प्रभावकारिता र जोखिम दुवैलाई जोखेर निर्णय गरिन्छ ।
प्रविधिको उपलब्धता, सम्भाव्यता अनि व्यक्तिको खर्च गर्न सक्ने क्षमता सबैको सम्मिश्रणमा अन्तिम निर्णय लिइन्छ । यसमध्ये कतिपयको दीर्घकालीन प्रभावकारितामा नै प्रश्न चिह्न छ भने कतिको मिश्रति नतिजा आएका छन् । शल्यक्रिया वा कुनै औजारको प्रयोग गर्दा स्वाभाविक रूपमा नै हाम्रो मनमा एक किसिमको भय जागृत हुन्छ । अर्कातिर कुनै क्रिम वा खाने औषधीको सेवनले त्यति डर लाग्दैन । यस्ता कुराका हानिकारक प्रभाव हुन्छन् भन्ने ठान्छौं । वास्तवमा यी कुरा पूर्ण रूपमा सत्य नहुन सक्छन् । कतिपय खाने औषधी प्रभावकारी नहुने मात्र होइन, हाम्रा महत्त्वपूर्ण अंगहरू वा प्रणालीलाई गम्भीर किसिमका असर पुर्‍याउने किसिमका पनि हुन सक्छन् ।
लिंग लामो हुँदैमा वा बनाइँदैमा यौन सक्षमता बढी हुने होइन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले हस्तमैथुन गर्न सजिलै सक्नुहुन्छ भने यौन सम्पर्कराख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि यौन सन्तुष्टिका लागि साथीको सहयोगको साथै आत्मविश्वासको आवश्यकता पर्छ । यौन सुख दिन वा लिन सायद लिंगको नापभन्दा अन्य कुराहरू बढी महत्त्वपूर्ण छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । महिलाको यौनसंवेदनशील अंग वा भाग योनिको भित्री तहमा केन्द्रित हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर भएकाले यसैकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छन् । यो भगांकुर बाहिरतिर नै हुन्छ ।
फेरि सम्पूर्ण योनिको लम्बाइ ९४ इन्च० लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । के हर्बल औषधी नकारात्मक असरमुक्त हुन्छन् रु हर्बल अर्थात् जडिबुटीबाट बनेका औषधीको कतिपय बिमारीको उपचार गर्न आफ्नै विशिष्ट स्थान छ र प्रभावकारी पनि छन् तर अहिले जडिबुटीबाट बनेको भन्नासाथ प्रभावकारी हुने तर कुनै नकारात्मक असर नहुने भ्रम छ । वास्तवमा कुरा त्यसो होइन । कतिपय यस्ता उत्पादन सरकारी निकायको निगरानीमा नहुने भएको हुनाले गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ धेरै नै हुन्छ । कतिपय उत्पादनको त प्रभावकारिता विश्वास नै नलाग्ने गरेर उच्च हुने दाबी गरिएको हुन्छ, जुन चिकित्सा विज्ञानमा गाह्रो कुरा हो ।
भ्रम सिर्जना गर्न विज्ञापनमा सुनाइने वा देखाइने कथा वा नतिजा कुनै स्वतन्त्र निकायवाट नभै उनीहरू आफैंले गरेका हुन सक्छन् । त्यसैले त्यसको प्रभावकारिता मात्रै होइन, नकारात्मक असरका बारेमा थाहा नै हुँदैन वा जानकारी दिइँदैन । अन्य औषधीसँग यसको प्रतिक्रिया कस्तो हुन्छ भन्ने पनि थाहा हुने स्थिति हुँदैन । तपाईंको जस्तो समस्यालाई समाधान गर्ने दाबी गरिएको कुनै पनि औषधीको प्रयोग गर्नुअघि निम्न कुरामा विचार पुर्‍याउनु बेस हुन्छ । यस्ता उत्पादनको बारेमा सक्दो बढी जानकारी लिने प्रयास गर्नुहोस्, त्यसका वैज्ञानिक आधार के छन् वा छैन, स्वतन्त्र अध्ययन भएका छन् वा छैनन् । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2015/01/47810.html#sthash.pZ3iQ6eC.KEyDPOKq.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment