|
शनिबार मध्यरातमा एक जनाले एकै परिवारका १४ जनाको हत्या गरेका छन् । यो घटना मूम्बईको ठाणेमा गएराती घटेको हो ।
भारतीय प्रहरीका अनुसार हत्याराले गएराती भव्य पार्टीको आयोजना गरी, पार्टीमा निम्त्याएर उनीहरुको हत्या गरेका थिए ।
हत्या भएका सदस्य मध्ये ७ बालबालिका, ६ महिला र १ पुरुष रहेको भारतीय मिडियाले जनाएको छ । एकै परिवारका १४ जनाको हत्या गरेपछि आत्महत्या गरेको जनाएको भारतीय समाचार संस्था पिटिआइले उल्लेख गरेको छ ।
अनुसन्धानलाई तिब्र गतिमा अगाडी बढाइरहेको प्रहरीले हत्याको कारणबारे अझै केही बोलेको छैन ।
|
0 comments:
Post a Comment