छिटै पुरा हुँदै छ नेपालीको पनि रेल चढ्ने सपना,अब चीनको रेल लुम्बिनीसम्मै जोडिने

चीनले केरुङसम्म रेलवे ल्याउने प्रस्ताव गरेपनि अब नेपालले भने सिधै लुम्बिनीसम्म जोड्न प्रस्ताव गर्ने भएको छ ।
एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्रीले केही दिनमै चीन भ्रमण गर्न लागेको र सो भ्रमणका क्रममा नेपाल र चीनका बीचमा धेरै व्यापारिक सम्झौताहरु हुने बताए ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले चीनले केरुङसम्म रेलवे ल्याउने प्रस्ताव अघि बढाएको भन्दै अब नेपालले त्यहाँमात्रै होइन, त्यहाँबाट काठमाडौं र लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव गर्ने बताए ।
उनले अहिलेको नाकाबन्दीबाट भारतीय शासकहरु पनि सोच्न बाध्य भएको भन्दै अब नेपालले पनि आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।
‘अबको चुनौती  आत्मनिर्भरताको बाटोमा अघि बढ्नु नै भएको भन्दै उनले नेपालीहरु पनि  आफ्नै खुट्टामा उभिन सक्ने हुनुपर्ने बताए ।  उनले भने-'केही दशकमै हामी भारत र चीनभन्दा संमृद्ध बन्नसक्छौँ त्यसका आधारहरु हामीमाझ प्रशस्तै छन् ।’
उनले अब दलहरुमाथि लोकतन्त्रलाई बलियो बनाउने र देश अनि जनताको संमृद्धि गर्नुपर्ने चुनौति थपिएको बताए ।
राजनीतिक आन्दोलनबाट अधिकारको लडाईँ सकिएको भन्दै उनले अबको चुनौति भनेको जनताको समृद्धि  नै भएको र फेरि पनि गल्ती गरे जनता को साथ दलहरुलाई नहुने र  कम्यूनिष्टहरु पनि नरहने चेतावनी दिए ।
ज्ञवालीले भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको तर अझै ढुक्क हुने अवस्था नभएको बताए ।
भारतले अघोषितरुपमा नाकाबन्दी गरेर ‘युद्धआह्वान’ नै गरेको भन्दै उनले त्यसका अघि नेपाली नझुकेको बाए ।
'हामी झुकेनौँ बरु, उसलाई वास्तविक कुरो बुझाउन सफल भएका छौँ, तर, अझै स्थिति सहज भइसकेको छैन, हामी अब पनि ढुक्क भएर बस्यौँ भने त्यो ठूलो राजनीतिक भूल हुनेछ' उनले भने ।
उनले भारत र चीन दुवै छिमेकीसँग समान सम्बन्ध कायम गर्नुपर्छ भन्दै तत्काल चीनसँग व्यापारिक सम्झौताहरु अघि बढाउनुपर्नेमा जोड दिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment