यसरी गरियो राजधानीमा राहदानीको अडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं, १७ फागुन । बैदेशिक रोजगारीको समस्या उठान गरिएको चलचित्र राहदानीभित्र समावेश गीतको अडियो सार्वजनिक भएको छ ।  १२ चैतबाट देशव्यापी प्रदर्शनीको तयारीमा रहेको यो चलचित्रभित्र समावेश ४ गीत सोमबार राजधानीमा सार्वजनिक गरिएको हो । गत २९ जेठमा रिलिजको तयारीमा रहेको यो फिल्म  बैशाखको भूकम्पका कारण चैत्रमा प्रहर्शन हुने भएको हो । गीत सार्वजनिक कार्यक्रममा गायिका निशा देशार तथा गायक प्रमोद खरेलले गीत गाएर सुनाएका थिए ।
यो फिल्ममा चलचित्रका लेखक तथा निर्देशक डब्बुु क्षेत्री, डा. गोबिन्द कुुसुुम, चण्डी श्रेष्ठ तथा शैलेन्द्र शरदले गीत लेखेका छन् भने संगीतकार गैरे सुरेश, बसन्त सापकोटा, चेतन सापकोटा र जुुगल डंगोलको संगीत समावेश रहेका छन् । गायिका दुुर्गा खरेल, निशा देशार, प्रमोद खरेल तथा सानिध्य खनालले यस फिल्ममा गीत गाएका छन् । लक्ष्मी ढकालले चलचित्रलाई निर्माण गरेका हुन ।
मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका विभिन्न समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षत्रीले बताए । चलचित्रको छायाँकन नेपाल र मलेशियामा गरिएको हो । राहदानीमा दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, अशोक रिजाल, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल लगायतको अभिनय छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment