‘आर्थिक विकासका लागि कृषिमैत्री नीति अवलम्बन’

पर्सा, १७ फागुन । सिँचाइमन्त्री उमेश यादवले मुलुकको दिगो आर्थिक विकासका लागि सिँचाइ तथा कृषिमैत्री नीति अवलम्बन गरिएको जानकारी दिएका छन् ।
पर्साको वीरगञ्जमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यादवले मुलुकको आर्थिक समृद्धिका लागि सरकारले अब सिँचाइ र कृषिमैत्री नीतिमा जोड दिएको बताए । निर्वाहमुखी कृषि प्रणालीले मुलुकको कृषि क्षेत्र आत्मनिर्भर हुन नसक्दा गरिबी निवारणसमेत हुन नसकेको उनको भनाइ छ ।
नदी व्यवस्थापन तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यलाई बढी व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन छुट्टै ऐन ल्याउने गृहकार्यमा सरकार जुटेको भन्दै संघीय क्षेत्र नम्बर २ मा पर्ने प्रत्येक जिल्लाको कम्तीमा एउटा गाविसलाई पूर्ण सिँचित गाविस घोषणा गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको जानकारी दिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment