विद्यार्थीले क्याम्पस भित्रै शिक्षक थुने

सुनसरी, १६ फागुन । सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले आफ्ना शिक्षकलाई थुनेका छन् ।
इलेक्ट्रोनिक्स तेस्रो बर्षका विद्यार्थीहरुले आइतबार क्याम्पसमा तोडफोड गर्नुका साथै तालाबन्दी गर्दै शिक्षकलाई पनि थुनेका हुन् । विद्यार्थीहरुले क्याम्पस तालाबन्दी गरेपछि भित्र रहेका सात जना शिक्षक थुनिएका हुन् ।
क्याम्पसको नियमित सिलेवल अनुसार परीक्षा आउन लाग्दा शैक्षिक भ्रमणको रुटिन फेर बदल गरिदिएको र सेमेस्टर बित्न लागे पनि प्रयोगात्मक कक्षा सञ्चालन नगरेको भन्दै विद्यार्थीहरु तोडफोड उत्रँदै क्याम्पसमै तालाबन्दी गरेका हुन् ।
साथै आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुख जितेन्द्र चौधरी, इलेक्ट्रोनिक्स विभागका प्रमुख विनयलाल श्रेष्ठ, सहायक क्याम्पस प्रमुख शिखर भट्टराई, शैक्षिक प्रमुख रोहित दंगाललगायतको कार्यकक्ष तोडफोड गरेका छन् । इलेक्ट्रोनिक्स विभागका प्रमुखको कुर्सी क्याम्पसको प्राङ्गणमा ल्याएर टायरसँगै जलाई दिएका छन् ।
तालाबन्दी गर्नु अघि वार्ता हँुदा विद्यार्थीको मागलाई गम्भीरतापूर्वक नलिएकाले तालाबन्दीमा उत्रनु परेको विद्यार्थीको भनाइ छ ।
यता क्याम्पसले सोमबार सबै फ्याकल्टीका प्रमुख र क्याम्पस प्रशासन, व्यबस्थापन र विद्यार्थी बसेर समस्या समाधान गर्ने भन्दा भन्दै विद्यार्थीहरु तोडफोड र तालाबन्दीमा उत्रेको बताएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment