मन पराएको केटासँग विवाह गर्न नपाएपछि दीपुले लगाइन आफ्नै शरीरमा आगो

सर्लाही, १६ फागुन । सर्लाहीमा एक युवतीले आफूले मन पराएको केटासँग विवाह गर्न नपाएपछि आइतबार आफ्नै शरीरमा आगो लगाएकी छिन् ।
सर्लाहीको चन्द्रनगर–८ का रामदरेश राउतकी १७ वर्षकी छोरी दीपु राउतले आफूले मन पराएको केटासँग विवाह गर्न नाएपछि आइतबार मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाएकी हुन् ।
घाइते अवस्थामा रहेकी दीपुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जलेर गम्भीर घाइते भएकी उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
केही दिन अघि आफ्नो प्रेमी सरोज चौधरीसँग भागेर काठमाडौं पुगेकी दीपुलाई सरोजका आफन्तले छुटाएर उनको बुबा आमाको जिम्मा लगाएका थिए । तत् पश्चात दीपुको बुबाआमाले सोमबार भारतको सीतामढीका अर्कै युवकसँग विवाह गर्ने तयारी गरेपछि यसको अघिल्लो दिन आइतबार उनले आफ्नै शरीरमा आगो लगाएकी हुन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment