भित्रियो राजधानीमा ‘हङकङ फ्लु’

काठमाडौँ १८ फागुन । राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन् । मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको छ ।
राजधानी टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको असपतालले जनाएको छ । अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुगमन छ ।
अन्य सामान्य फ्लुमा लगातार खोकी , घाँटी दुख्ने, श्वासप्रश्वासमा समसइा, १०२ डिग्री भन्दा बढी ज्वरो आउनेजस्ता लक्षण हुन्छन् । तिनका भाइरसले रागप्रतिरोधी क्षता कमजोर भएका र दीर्घरोगीलाई बढी असर गर्छन् ।
हङकङफ्लुले भने युवक र अन्य स्वास्थ्य समस्या नभएकालाई पनि गम्भिर असर गरिरहेको टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment