कर्मकाण्ड छुट्दैमा भारत भ्रमण असफल भएको मान्दिन : प्रधानमन्त्री ओली (भिडियो सहित)

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले हालै सम्पन्न गरेको भारत भ्रमण असफल भएको भन्ने दावी अस्वीकार गर्ने बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा दुई देशका तर्फबाट संयुक्त विज्ञप्ति जारी नगहुँदैमा भ्रमण असफल भएको भन्न नमिल्ने बताएका छन् । ‘एउटा कर्मकाण्ड जुट्यो, यो कर्मकाण्ड किन छुट्टाइयो? एउटा कर्मकाण्ड खाली भयो बिरालो बान्न त छुट्टयो, भन्नुको कुनै आवश्यकता देख्दिन’, ओलीले भने ।
सरकार प्रमुखहरुको भ्रमणपछि दुई देशका सरकार प्रमुखको तर्फबाट संयुक्त विज्ञप्ति गर्ने चलन भएपनि प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा विज्ञप्ति जारी भएको थिएन । जसलाई ओलीको भारत भ्रमणको असफलतासँग जोडिएर हेरिए पछि प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
भ्रमणका क्रममा भारतको पनि सम्बन्ध सुधार गर्ने प्रशस्तै अभिव्यक्ति आफूले पाएको भन्दै प्रधानमन्त्री ओलीले भारतले एउटा व्यक्तिलाई नभएर सिङ्गो मुलुकलाई इज्जत र सम्मान साथ स्वागत र व्यवहार गरेको दावी गरे ।
आफ्नो भारत भ्रमण सफल भएको दावी गरेका उनले नेपालको भूमि कुनै राष्ट्र विरुद्ध प्रयोग गर्न नदिने बताए । भारतसँग मिलेर मुलुकका विकास निर्माणका कार्य अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ । अहिले देखिएका समस्या पनि चाँडै अन्त्य हुने उनको भनाइ छ ।
यही फागुन ७ देखि १२ गते सम्म प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण गरेका थिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment