|
काठमाडौं, १७ फागुन । भारतको मधुबनीमा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । मधुबनीस्थित एक सरकारी आवासमा खटिएका एक सुरक्षाकर्मी सहित तीन जनाले ती नाबालिका माथि सामूहिक बलात्कार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आरोपी तिनै जनाले ति नाबालिकालाई घरबाट खेतमा लगेर सामूहिक गरेका बताइएको छ । आरोपीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनास्थलबाट एउटा मोबाइल फेला पारेको छ ।
|
0 comments:
Post a Comment