|
काठमाडौँ १९ माघ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि(एनओसी)ले छनोट प्रतियोगितामै सहभागी नभएको स्वरुपा खड्कालाई १२ औं दक्षिणएसियाली खेलकुद (साग) का लागि एथलेटिक्स टोलीमा सहभागी गराउन लागेको छ ।
करिब दुई दशकयता अमेरिकामा बस्दै आएकी खड्कालाई एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको दबाबमा सागमा सहभागी गराउन लागिएको हो । एनओसी अध्यक्ष श्रेष्ठकै कारण राष्ट्रिय खेलकुद परिषदले पनि खड्काको साग सहभागिताको खर्च बेहोर्ने भएको छ ।
छनोट प्रतियोगितामै सहभागी नभएको खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनु खेलकुदको सामान्य मान्यताविपरीत मानिन्छ । त्यसमाथि स्थायी अमेरिकी ग्रिनकार्ड भएका खेलाडीलाई राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनु घातक निर्णय भएको एक खेल पदाधिकारीले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment