|
काठमाडौं, माघ २६ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि मुलुक नै स्तब्ध भएको छ । नेपाली कांग्रेस र कांग्रेसका कार्यकर्तामात्र नभई सिंगो नेपाल र नेपाली जनता कोइरालाको निधनबाट मर्माहत भएका छन् ।
कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नेहरुको ओइरो लागेको छ ।
justify;">प्रधानमन्त्री केपी ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले कोइराला निवासमै पुगेर स्व. कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
यसै क्रममा प्रधानमन्त्री केपी ओलीले कोइरालाकै आँट, क्षमता र कुशल नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएको बताए । संविधान कार्यान्वयनमा कोइराला दृढताका साथ सक्रिय रहेको भन्दै उनले लोकतन्त्रलाई सुदृढ गर्ने, मुलुकलाई निकास दिने सवालमा कोइरालाले देखाएको बाटोमा आफूहरु अगाडी बढ्ने उनले बताए । उनले कोइराला एक अनुकरणीय व्यक्तित्व रहेको भन्दै कोइरालाको निधनबाट कांग्रेसलाई मात्र नभई सिंगो मुलुक र आम जनतालाई अपुरणीय क्षति पुगेको बताए ।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि कोइरालाको निधनबाट आफू मर्माहत भएको भन्दै मुलुकले एउटा कुशल नेता गुमाएको जनाए ।
उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले कोइरालाको निधनबाट आफू स्तब्ध भएको जनाएका छन् । उनले ट्वीट गरेका छन्, ‘पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनको समाचारले स्तब्ध भएको छु, देशले असल नेता गुमाएको छ । हार्दिक श्रद्धाञ्जली ।’
सरकारका पूर्व मूख्यसचिव लिलामणि पौडेलले सुशील कोइरालाको सादगीपूर्ण जीवनको सम्झना गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अचानक निधन भएको खबरले मलाई अत्यन्त दुखित बनाएको छ, सरल÷सादा जीवनशैली अपनाउने, पदीय अहम् पटक्कै नभएका र भ्रष्टाचार वा आर्थिक अनियमितताको शंका लागे त्यसलाई रोक्न कसैसँग सम्झौता नगर्ने कार्यशैली उहाँबाट हामीले सिक्नुपर्ने गुणहरु हुन् ।’
उनले आफ्नै अनुभव उजागर गर्दै अगाडी लेखेका छन्, ‘मलाई लोभ देखाएर वा कानुन विपरीत कतै थन्क्याएर अर्को मूख्य सचिव नियुक्त गर्न पार्टीको उच्च नेतृत्व र अन्य कतिपय सहकर्मीहरुको तीब्र दबाब थेगेर मलाई पुरै अवधि का मगर्ने अवसर दिनुभएकोमा व्यक्तिगत रुपमा उहाँप्रति आजीवन ऋणि रहने छु । स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन र नेपाली कांग्रेस परिवारमा हार्दिक समवेदना ।’
एमाले नेता शंकर पोखरेलले कांग्रेस सभापति कोइरालाको निधनले आफू स्तब्ध भएको जनाएका छन् । उनले पार्टी कार्यक्रममा सहभागि हुन आजै गुल्मी जाने कार्यक्रम रहे पनि कोइरालाको निधनले उक्त कार्यक्रम रद्द गरेको जनाउँदै भनेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अग्रणी योद्धा, संविधानसभाबाट नयाँ संविधानका निर्माता तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली ।’
एमाले सचिव योगेश भट्टराईले सुशील कोइरालाको सादगी र सरल जीवनले नयाँ पुस्तालाई प्रेरणा दिइरहने जनाएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जली सुशील दा, तपाईको सादगी र सरल जीवनले नयाँ पुस्तालाई प्रेरणा दिइरहने छ ।’
हाँस्य कलाकार मनोज गजुरेलले पनि सुशील कोइरालाको निधनपछि ट्वीट गर्दै लेखेका छन्, ‘भावपूर्ण श्रद्धाञ्जली : माननीय सुशील कोइरालाप्रति । प्रजातान्त्रिक आन्दोलन र नेपालको संविधानले सँधैभरी श्रद्धाका साथ सम्झिरहने छ ।’
|
0 comments:
Post a Comment