|
काठमाडौँ, २२ माघ । भनिन्छ पुजारीले राम्रो बाटो मात्रै देखाउँछन् । तर सँधै सबै पुजारीले राम्रो मात्र सोच्छन् भन्ने हुदैन भन्ने कुराको ज्वलन्त प्रमाण हो यो घटना । यो घटना हो भारतको दक्षिण मुंबईको । सोही स्थानको कल्बादेवी निवासी प्रेम सिंह परमार नाम गरेका पुजारीले सँधै मन्दिरमा आउने महिलासँग ३ वर्षदेखि बलात्कार गर्दै आएको रहस्य हालै खुलेको हो ।
पुजारीले भगवानको शरणमा पर्न गएकी ति महिलाको अश्लिल तस्विर देखाएर ३ वर्षदेखि ब्ल्याकमेल गरेर बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३५ वर्षे पुजारीले सन् २०१३ देखि ३८ वर्षकी महिलासँग निन्दनिय हर्कत गर्दै आएका थिए ।
|
0 comments:
Post a Comment