अमेरिकी पूर्वगप्तचरको दावी : ओसामा विन लादेन अझै जीउँदै छन्

 काठमाडौं, २५ माघ । चार वर्ष अघि नै अमेरिकाले चलाएको कारबाहीमा मारिएका भनिएका ओसामा विन लादेन अझै सम्म जीउँदै रहेको दावी गरिएको छ ।
osama bin laden
अमेरिकी गुप्तचर एजेन्सी (एनएसए)मा काम गरिसकेका एडवर्ड स्नोडनले लादेन अझैसम्म जीउँदो रहेको दावी गरेका हुन् । मास्को ट्रिब्यूनलाई अन्तर्वार्ता दिँदै स्नोडनले लादेन अझै सम्म जीउँदो रहेको र यसको प्रमाण आफूसँग सुरक्षित रहेको दावी गरेका हुन् ।edward snowden
मे सन् २०११ मा अमेरिकाले आतंकवादी संगठन विरुद्ध आफूले चलाएको कारबाहीमा लादेन मारिएको दावी गरेको थियो । सिआइएको संरक्षणमा अझै लादेन रहेको दावी गरेका स्नोडेनले लादेनले प्रत्येक महिना करिब एक करोड रुपैयाँ लिने गरेको जिकीर गरेका छन् ।
यद्यपी हाल लादने कहाँ बसेका छन् त्यो भने एकीन नभएको उनको भनाइ छ । साथै स्नोडनले सन् २०१३ मा लादेन आफ्नी पाँच पत्नी र बच्चाका साथमा बसेका थिए ।
सन् २०१३ मा अमेरिकी गुप्तचर संस्था एनएसएसँग सम्बन्धित केही सूचनाहरु सार्वजनिक गरेपश्चात स्नोडनले अमेरिका छाडेर भाग्नु परेको थियो । हाल उनी रुसमा रहेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment