चैत मसान्तको समयसीमा दिँदै डा. भट्टराईको दावी यस्तो प्रतिबद्धता

सुनसरी, १५ फागुन । एकीकृत माओवादी त्यागेर नयाँ शक्ति निर्माणमा लागेका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आउँदो चैत मसान्तसम्ममा एक लाख मानिसलाई नयाँ शक्तिमा आवद्ध गराउने दावी गरेका छन् ।
नयाँ शक्ति निर्माणका क्रममा विभिन्न पेश र समुदायका मानिसलाई आवद्ध गराईसकेका भट्टराईले आउँदो चैत मसान्तको समयसीमा दिँदै नयाँ शक्तिमा चैत भित्र एक लाख मानिस आवद्ध गराउने प्रतिबद्धता जनाएका हुन् । सुनसरीको इटहरीमा शनिबार पत्रकारसँग कुरा गर्दै भट्टराईले नयाँ शक्ति निर्माण कार्य अहिले पूर्वी नेपालमा केन्द्रीत रहेको जानकारी दिए । साथै उनले देशका अन्य भागमा पनि कार्यक्रम भइरहेको बताए ।
नयाँ शक्तिको नयाँ पार्टी घोषणा गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका डा. भट्टराईले मुलुकलाई आर्थिक सांस्कृति र सामाजिक रुपान्तरण गर्न नयाँ पार्टीको प्रमुख कार्यभार हुने बताए । हिजोको राजनीतिक चिन्तन र धारणाले मात्र सम्भव नहुने भएकाले मुलुकमा नयाँ शक्ति आवश्यक परेकाले सवैलाई आवद्ध हुन उनले आह्वान समेत गरे ।
पुरातनबादी राजनीतिक चिन्तन र सोचबाट नेपाललाई समृद्ध बनाउन असम्भव देखिएकाले आफूहरु त्यसलाई चिर्नका लागि नयाँ ढंगले सङ्गठित हुन यो अभियानमा अघि बढेको भट्टराईको भनाइ छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment