|
उपत्यकामा सार्वजनिक सवारी, खाद्यान्न बोकेका सवारीसहित अत्यावश्यक साधनलाई मात्रै इन्धन वितरण गरिने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए। आयल निगमले पर्याप्त इन्धन नरहेको बताएपछि निजी सवारीसाधालाई बिहीबारबाट इन्धन वितरण नगर्ने निर्णय भएको छ,’ ढकालले भने।
निजी सवारीसाधनलाई सार्वजनिक बस उपयोग गर्न उनले आग्रह गरे। बुधबार दिउँसो तीन दिनका निजी सवारीलाई इन्धन वितरण रोक्ने निर्णय भए पनि भारतबाट थप इन्धन नआए उक्त अवधि लम्बिनेछ।
|
0 comments:
Post a Comment