चीनसँग जोड्ने तातोपानी नाका खुल्न कम्तिमा एकसाता लाग्ने ::


काठमाडौं, १३ असोज - वैशाखको भूकम्पपछि झरेको पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्ग अन्तर्गत चीनसँग जोड्ने तातोपानी नाकाको सडक खुल्न कम्तिमा एकसाता लाग्ने भएको छ।

सडक विभागले भदौ २३ गतेदेखि सिन्धुपाल्चोकको बाह्रबीसेबाट चारवटा डोजर लगाएर थालेको सडक खुलाउने कामलाई तीब्र गतिमा अघि बढाएपछि दशैंअघि नै तातोपानी नाका खुल्ने सम्भावना बढेको हो। चीनको सीमानास्थित मितेरी पुलबाट पाँच सय मिटर तल लिपिङ बजारसम्म काठमाडौंबाट कन्टेनर जानसक्ने बाटो डोजरले खोलेका हुन्।

सो सडकको साइड ईन्चार्ज तथा सडक विभागका सव-ईन्जिनियर पवन भण्डारीका अनुसार अब लिपिङ बजारसम्म काठमाडौंबाट कन्टेनर आवतजावत गर्न सक्नेछन्। करिब २० दिनको प्रयासमा चारवटा डोजरले पहिरो पन्छाएर मंगलबार दिउँसो सडक लिपिङ बजार पुर्याउन सफल भएका छौं, उनले भने, अब लिपिङबाट मितेरी पुलसम्मको ठूलो पहिरो एकसातमा पन्छाइसक्ने लक्ष्य लिएका छौं।

लिपिङ बजारदेखि मितेरी पुलसम्म पहाड नै झरेर थुनिएको पहिरो हटाउन मंगबारबाट दुई ठूला डोजर पनि प्रयोग गरिएको छ। बुधबारबाट एकसाथ ६ वटा डोजर लगातार पहिरो पन्छाउन सकेमा दशैंअघि नै काठमाडौंमा चिनियाँ सामान भित्रनेछन्। तातोपानीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उमेशबहादुर साहले अहिलेकै गतिमा काम हुनसकेमा साताभित्र मितेरी पुलबाट गाडी गुड्ने जानकारी दिए।

तातोपानी नाकाको सबैभन्दा ठूलो पहिरो लिपिङबाट मितेरी पुलसम्म हो, उनले भने, ६ वटा डोजरले एकसाथ काम गरिरहे भने अवरुद्ध सडक खुल्छ। भूकम्पले क्षतिग्रस्त मितेरी पुलमा चीनले बेलिब्रीज हालिसकेकाले चीनबाट सातासम्ममा काठमाडौं सामान पुग्नेछन्।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment