भारतले गरेको अघोषिता नाकाबन्दीको विरोधमा आज मंगलबार बिहान १० बजेबाट देशभरका हिन्दी च्यानलको प्रशारण बन्न गरियो :: Read More News >>

काठमाडौं, १२  असोज - भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा देशभर हिन्दी च्यानलको प्रशारण आज विहानदेखि ठप्प भएका छन्। 

केबल टेलिभिजन सञ्चालकले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानलको प्रशारण ठप्प पारेका हुन्। सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले भारतको नाकाबन्दीको विरोधमा हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको हो।

राष्ट्रिय स्वाधिनतामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानलको प्रशारण बन्द गरेको नेपाल केबुल टेलिभिजन संघका अध्यक्ष सुधीर पराजुलीले बताए। हिन्दी च्यानलको प्रशारण अनिश्चितकालका लागि बन्द गरिएको हो। 

चितवन, पोखरा र महेन्द्रनगरमा यसअघि नै हिन्दी च्यानलको प्रशारण बन्द भैसकेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पनि हिन्दी च्यानलको प्रशारण बन्द गर्न दबाब दिएको थियो।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment