मंगलग्रहको सतहमा बग्दै गरेको पानी भेटियो :: Read More News>>>

काठमाडौँ, १२ असोज - मंगलग्रहको सतहमा बग्ने पानी रहेको पुष्टि भएको छ। 

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाका अनुसार मंगलग्रहको सतहमा बग्दै गरेको पानी भेटिएको छ। यसले मंगलग्रह भौगोलिक रुपमा सक्रिय रहेको र त्यहाँ मानवबस्ती हुन सक्ने सम्भावना पनि बढाएको नासाले दाबी गरेको छ।

नासाको उपग्रहमार्फत पाएको जानकारी अनुसार मंगलग्रहमा बग्दै गरेको पानीको स्पष्ट संकेत देखिएको छ। पछिल्लो पटक देखिएको पानी नुनीलो हुनसक्ने वैज्ञानिकले जनाएका छन्। वैज्ञानिकका अनुसार गर्मीको समयमा मंगलग्रहका केही विषेश क्षेत्रमा नुनीलो पानीको धारा बग्ने गरेको हो। 

गर्मी बढ्दै जाँदा पानीका यी धार पनि बढ्दै जाने तर अरु बेला भने सुक्ने गरेको नासाले जनाएको छ। यस अघिको अनुसन्धानका क्रममा मंगलग्रहमा जमेको पानी भेटिएको थियो।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment