एउटा बाख्राको मूल्य साढे ९७ लाख ! आखिर के छ यो बख्रोमा ?

९७ लाख रुपैयाँमा कतिवटा बाख्रा किन्न सकिएला ? सायद सयौँ बाख्रा रहेको बाख्रा फर्म नै घरजग्गा सहित किनेर समेत केही पैसा बँच्ला । तर होइन, ९७ लाखमा त एउटा बाख्रा पनि नआउँदो रहेछ । भारतमा एउटा बाख्राको मूल्य नै ९७ लाख ६० हजार तोकिएको छ । भारतको राजस्थानस्थित भरतपूर इलाकाका एकजना किसानले आफ्नो घरमा पालेको एक बाख्राको मूल्य ६१ लाख भारु अर्थात् ९७ लाख ६० हजार रुपैयाँ तोकेका छन् । ग्राहकले उनको घरमै आएर उक्त बाख्राका लागि ४८ लाख भारु अर्थात् ७६ लाख ८० हजार मूल्य दिँदा समेत उनले बाख्रा बेच्न अस्विकार गरे । आफुले ६१ लाख भारु भन्दा कम मूल्यमा बाख्रो नबेच्ने अडान उनको छ । आखिर सत्र महिनाको त्यो बाख्रोमा के त्यस्तो बहुमुल्य चिज छ जसका कारण त्यसको मूल्य नै झण्डै एक करोड रुपैयाँ पुगेको छ ? यसको एउटा रोचक कारण छ । यो बाख्राको दुबै कानमा जन्मजात धार्मिक चिन्हको आकारका चिनो रहेका छन् । नाम नखुलाइएका ती बाख्राका मालिक आफैलेे पनि उक्त बाख्रा केही महिना पछिले साढे ९ लाख भारुमा किनेर ल्याएका रहेछन् । उक्त अद्भुत बाख्रो घरमा ल्याएदेखि उनले बाख्रालाई भिआइपी स्याहार तथा उपचार प्रदान गर्दै आएका छन् । बाख्रो एसी वाला कोठामा बस्ने गरेको छ र केवल ड्राइ फुड्स मात्र खाने गरेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment